
काठमाडौं । बाङ्मय पुरुष सत्यमोहन जोशी आजदेखि १ सय बर्षमा प्रवेश गरेका छन् ।
उनको सयौं जन्मदिनको अवसर पारेर ललितपुर महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दैछ ।
जोशीको जन्मदिन मनाउन ललितपुर मानगरपालिका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा १ सय ११ सदस्यीय आयोजक समिति पनि गठन गरिएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिमा सार्वजनिक विदा पनि दिइएको छ ।
जोशीलाई बग्गीमा राखेर आज मंगलबजारदेखि इटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक ल्याइने कार्यक्रम छ ।
सार्वजनिक रथारोहण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्डले पनि साथ दिने छ ।
सो अवसरमा परम्परागत नेवारी बाजाले पनि जोशीको स्वागत गरिने छ ।
प्रतिक्रिया दिनुहोस्