२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बुरकीना फासोको एक चर्चमा आक्रमण, ६ जनाको हत्या


0
Shares

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक बुरकीना फासोको एक चर्चमा अज्ञात बन्दुकधारीहरुले आक्रमणमा गरि ६ जनाको हत्या गरेका छन् ।

प्रार्थनाको समयमा बन्दुकधारी चर्चभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा भागदौड मच्चिएको थियो । मारिनेमा एक पादरी पनि रहेका छन् ।

२० देखि ३० जनाको संख्यामा आएका हमलाकारीले आक्रमणपछि चर्चलाई जलाई दिएका छन् ।

हमला लगत्तै ती बन्दुकधारीहरुले नजिकैको स्वास्थ्य केन्द्रमा लुटपाटसमेत गरेका थिए ।

गत पाँच साताभित्र चर्चमा भएको यो तेश्रो आक्रमण हो । बुरकीनामा फासोमा सक्रिय लडाकु समूह अलकायदा, इस्लामिकसँग जोडिएका छन् ।

यो घटनाको जिम्मेदारी भने कसैले लिएको छैन ।(एजेन्सी)