
भक्तपुर, वैशाख २७ । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर मन्दिर सोमबार खुला गरिएको छ ।
अक्षय तृतीयाका दिन बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुला गरिएको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
भक्तजनका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिनमात्र यो मन्दिरको चारै ढोका खुला गरिन्छ ।
मन्दिर परिसरमा सोमबार जौको सातु र सर्वत पनि भक्तजनका लागि वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्