४ असार २०८२, बुधबार | Wed Jun 18 2025


अन्तर्राष्ट्रिय बौद्धगोष्ठीमा काठमाडौं आउलान् चिनियाँ राष्ट्रपति, मोदी, मुन ? तयारी पूरा


0
Shares

काठमाडौं, वैशाख २७ । सरकारले २५ सय ६०औं बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्धगोष्ठीको सबै तयारी पूरा भएको जनाएको छ ।

‘लुम्बिनी, नेपाल : भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि’ भन्ने नाराकासाथ आगामी जेठ  ६  र ७ गते काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्धगोष्ठी तथा जेठ ८ गते लुम्बिनीमा बुद्धजयन्ती मनाउने सम्पूर्ण तयारी पूरा भएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा  गठित ५ सय १ सदस्यीय मूल समारोह समितिको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बौद्धगोष्ठीमा १३ देशका प्रतिनिधिलाई सहभागी हुन पत्राचार गरिएको जानकारी दिएको छ ।

सम्मेलनमा विभिन्न मुलुकका संस्कृति तथा धार्मिक मामिलामन्त्रीसहित चिनियाँ राष्ट्रपति, दक्षिण कोरियाली राष्ट्रपति, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई आमन्त्रण गरिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय बौद्धगोष्ठीले बुद्धको जन्म नेपालमा नै भएको भनी प्रचार–प्रसार गराउन सहयोग पुग्ने बताए ।

गोष्ठीमा सहभागी हुन २३ देशका राष्ट्रियस्तरका बौद्ध संघ–संस्थालाईसमेत आमन्त्रण गरिएको छ ।