Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


नीति तथा कार्यक्रमप्रति पत्रकार महासंघको असन्तुष्टि


0
Shares

काठमाडौं, वैशाख २७ । नेपाल पत्रकार महासंघले सन्चार क्षेत्रका केही महत्वपूर्ण विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएकामा असन्तुष्टि प्रकट गरेको छ ।

महासंघका महासचिव उजिर मगरद्वारा सोमबार जारी विज्ञप्तिमा आर्थिक वर्ष २०७३÷७४ लागि प्रस्तुत् नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अनुगमन, आमसन्चार नीति कार्यान्वयन, पत्रकारको योग्यताको मापदन्ड, सन्चारमाध्यमको मापदन्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्नेलगायत विषय समेटिए पनि केही महत्वपूर्ण विषय छुटेको उल्लिखित छ ।

पत्रकार क्षमता अभिबृद्धिका लागि राष्ट्रिय आमसन्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारको स्वास्थ्य बिमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सन्चालन, ज्येष्ठ पत्रकार सम्मान वृत्तिलगायत विषय समावेश गर्ने प्रतिबद्धता सरकारले जनाए ती नसमेटिएको महासंघले जनाएको छ ।

‘सरकारद्वारा सन्चालित सन्चारमाध्यमलाई छुट्टै स्वायत्तता दिइ सन्चालन गर्ने गरी सार्वजनिक सेवा प्रसारण (सीएसबी)अन्तर्गत् लैजाने गरी समितिसमेत गठन भइसकेको अवस्थामा त्यसप्रति नीति तथा कार्यक्रममा केही उल्लेख नगरिनुले सन्चारक्षेत्रका समस्याप्रति सरकार कतै उत्तरदायी नभएको त होइन भन्ने आशंक उत्पन्न भएको छ’–विज्ञप्तिमा उल्लेख छ ।

महासंघले राष्ट्रिय आमसन्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारको स्वास्थ्य बिमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सन्चालन, ज्येष्ठ पत्रकार सम्मान वृत्तिलगायत विषयलाई नीति तथा कार्यक्रममा समावेश गरी आगामी बजेटमासमेत विनियोजन गर्न सरकारसँग आग्रह गरेको छ । रासस