४ असार २०८२, बुधबार | Wed Jun 18 2025


१९ हजार ५०० साउन १ देखि लागू, सन्चारगृहलाई विभिन्न सुविधा : मन्त्री राई


0
Shares

काठमाडौं, वैशाख २७ । सन्चारमन्त्री शेरधन राईले मन्त्रिपरिषदबाट पारित भएको श्रमजीवी पत्रकारहरुको न्यूनतम् पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुने बताएका छन् ।

सोमबार राजधानीमा अयोजित साक्षात्कार कार्यक्रममा उनले सरोकारवालाहरुसँग छलफल गरेरै न्यूनतम् पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ गर्ने निर्णय गरेको दाबी गरे ।

पत्रकारका लागिमात्र नभइ सरकारले सन्चारगृहलाईसमेत विशेष उद्योगको मान्यता दिन विभिन्न सुविधाहरु दिन लागिरहेको भन्दै मन्त्री राइले न्यूनतम् पारिश्रमिक लागू गर्न सरकारले सहज वातावरण तयार पार्ने बताए ।