४ असार २०८२, बुधबार | Wed Jun 18 2025


एमाले–एमाओवादीबीचको ९ बुँदे सहमति खारेज गर्न माग


0
Shares

काठमाडौं, वैशाख २७ । नेकपा एमाले र एमाओवादीबीच भएको ९ बुँदे सहमति मानवअधिकारविरोधी र न्यायविरोधी भएको भन्दै केही समूहले त्यसको खारेजीको माग गरेका छन् ।

माओवादी पीडितहरुले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त सम्झौता दन्डहीनताविरुद्ध भएको भन्दै खारेज गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा कानुन व्यावसायी दिनेश त्रिपाठीले ९ बुँदे सहमतिको ३, ५ र ७ नम्बर बुँदा मानवअधिकारविरोधी र न्यायविरोधी भएको टिप्पणी गरे ।

यस्तै, मानवअधिकारकर्मी चरण प्रसाइँले ‘यो समझदारी सत्ता टिकाउने लोभमा गरिएको घातक समझदारी हो’–भने ।