२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ अन्तिम साता


0
Shares

काठमाडौं, वैशाख २९ । भदौ अन्तिम साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदैछ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघले विगत ६ वर्षदेखि गर्दै आएको यस्तो प्रदर्शनीको सातौं संस्करण आगामी भदौ २५ देखि २९ गतेसम्म पाँच दिन सन्चालन हुने जनाइएको छ ।

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ ।

नेपालमा वर्षेनि फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको आंकलन छ । यसको झन्डै ५० प्रतिशतभन्दा बढी आयात भइरहेको जनाएको छ ।