
डडेल्धुरा, वैशाख २८ । लामो खडेरी र चर्को घामले देशभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ ।
डडेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको भेटिएको छ । वनमा रहेका पुराना काठका गोलियामा आफैं आगो सल्काएर डढेलोका नाममा क्षतिपूर्ति असुल्ने गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् ।
यस्ता गिरोहले मिलेमतोमा ठूलो रकम क्षतिपूर्तिबापत कुम्ल्याउने योजना बनाएको स्थानीय औंल्याउँछन् ।
डडेल्धुराका वन क्षेत्रमा काम लाग्ने पुराना काठ ठेकेदार आफैंले जलाइरहेका छन् । आलिताल, गाङखेत, परशुराम नगरपालिका लगायत दुई दर्जन बढी क्षेत्रमा लामो समयदेखि वनमै रहेका गोलिया काठमा आगो लगाइएको स्थानीयले जानकारी दिए ।
जिल्ला वन कार्यालयले आगलागीबाट नष्ट काठ क्षतिपूर्तिका लागि हचुवाका भरमा वन विभागमा सिफारिस पठाउने गरेको छ ।
स्थानीयका अनुसार पुराना काठको संख्या दोब्बरभन्दा बढी देखाएर क्षतिपूर्ति असुल्ने प्रबृत्ती अधिकांश क्षेत्रमा देखिन्छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्