४ असार २०८२, बुधबार | Wed Jun 18 2025


अन्यत्र पढाउने प्राध्यापकसँग स्पष्टीकरण


0
Shares

काठमाडौं, वैशाख २८ । त्रिभुवन विश्वविद्यालयले नीति तथा सामुदायिक विद्यालयमा पढाइरहेका १९ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ ।

त्रिविबाट तलव खाएर विश्वविद्यालयको हित विपरीत व्यक्तिगत फाइदाका लागि अन्यत्र पढाइरहेको पाइएपछि ती प्राध्यापकसँग स्पष्टीकरण लिइएको स्रोतले बतायो ।

त्रिविबाट तलव खाएर अन्यत्र पढाइरहेको भन्ने गुनासो आएको लामो समयपछि त्रिविले पहिलोपटक प्राध्यापकलाई कारवाहीको दायरामा ल्याउन लागेको हो ।

पहिलो चरणमा १९ जनालाई स्पष्टीकरणका लागि पत्राचार गरिएको भए पनि त्रिविअन्तर्गत मुलुकभरका क्याम्पसमा कार्यरत एक हजार एक सय प्राध्यापकलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको त्रिविले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट