
काठमाडौं, वैशाख २९ । साताको सुरुको दिन आइतबार सेयरबजार सामान्य अंकले सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १२ सय ९५ कायम भएर थामियो । कारोबार उच्च नै रह्यो ।
होटल, उत्पादनमूलक र निर्जीवन बिमा समूहमा सुधार आएसँगै अरु समूह ऋणात्मक रहँदा पनि नेप्से सकारात्मक रहन गयो ।
होटल समूहमा सबैभन्दा उच्च १०० अंकको वृद्धि आयो । उत्पादनमूलक समूह ९८ अंकले उकालो लाग्दा निर्जीवन बिमा समूह पनि ७६ अंकले बढ्यो । वित्त समूह नगन्य अंकले हरियो रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका २६ लाख ७० हजार कित्ता सेयर ८५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्