
-कविराज घिमिरे, ईमेज
संखुवासभा, बैशाख २८ । गुराँसको अध्ययन तथा अवलोकनका लागि तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थल तीन जुरे–मिल्के–जलजले मुख्य आकर्षकको क्षेत्र बन्दै गएको छ ।
तर, गुराँस संरक्षणमा कसैको ध्यान जान नसक्दा बर्षेनी वन भने नासिने क्रम बढ्दो छ । तीन जुरे–मिल्के–जलजले क्षेत्रमा केहि बर्ष अघि सम्म बनै रातै हुने गरि फुल्ने गराँस आज भोलि निकै पातलिदै गएको छ ।
कारण हो बढ्दो बन बिनास, जलवायु परिबर्तन, बिभिन्न रोग किराको प्रकोप तथा गुराँसको बन क्षेत्रलाई खुल्ला चरणको रुपमा प्रयोग गरिनु ।
जलवायु परिबर्तन, बिभिन्न रोग किराको प्रकोप र चरणका कारण संकटमा परेको गुराँस कुनै बिकल्प नै नभएपछि दाउरा र अन्य प्रयोजनका लागि समेत प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानिय हिमा खनाल बताउँछिन् ।
नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाती सोही क्षेत्रमा पाईन्छ । छिमेकी जिल्ला धनकुटा, झापा, मोरङ, सुनसरी सहित नेपालकै पश्चिमी जिल्ला र भारतबाट समेत गुराँस फुल्ने समयमा सर्वसाधारण यहां पुग्ने गरेका छन् ।
फागुनको अन्तिम साता देखि जेष्ठ महिना सम्म गुरासं फुल्ने सिजन हो । तर पहिलेको जस्तो गुराँस फुल्नै छोडेपछि गुराँस अवलोकनका लागि आउने पर्यटक समेत निरास बन्ने गरेका छन् ।
यता, गुराँस संरक्षणका लागि बिभिन्न संघ संस्थाले प्रयास नै नगरेको भने होईन ।
केहि बर्ष पहिले सो क्षेत्रमा आईयुसिएनले गुराँससहित बिभिन्न जैबिक बिबिधताको क्षेत्रमा काम गर्दै आएकोमा हाल आरआरएन नामक संस्थाले काम गर्दै आएको छ । सो संस्थाले हाल अन्र्तरक्रिया, गोष्ठी र सचेतना मुलक कार्यक्रम मात्रै गर्दै आएको आरआरएनका बिषयगत बिज्ञ मौसम खनाल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्