१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


नीति तथा कार्यक्रममाथि आजबाट छलफल


0
Shares

काठमाडौं, वैशाख २८ । सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजबाट छलफल शुरु हुँदैछ । संसद्को आज बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममा सभासदहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट १६ वटा, नेपाल मजदुर किसान पार्टीबाट १० र खुम्बुवान पार्टीबाट एउटा संशोधन दर्ता गरिएको हो ।

नीति तथा कार्यक्रममाथि आज र भोलि संसद्मा छलफल गर्ने कार्यसूची छ । नीति तथा कार्यक्रममाथि सांसदले बोल्नेक्रम सकिएलगत्तै उठेका जिज्ञासा र प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसपछि वैशाख ३० गते सरकारको नीति तथा कार्यक्रम पारित गरी आगामी जेठ १५ गते नयाँ बजेट ल्याउने तयारी सरकारको छ ।