४ असार २०८२, बुधबार | Wed Jun 18 2025


गाडीको ठक्करबाट एकजनाको मृत्यु


0
Shares

दाङ, वैशाख २८ । तुलसीपुरमा स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

आज बिहान १०ः३० बजेतिर अमेलियाबाट तुलसीपुर आउँदै गरेको ग२च १०४४ नम्बरको गाडी र तुलसीपुरबाट शीतलपुरतर्फ जाँदै गरेको रा२प ८१६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक तुलसीपुर–१८ निवासी विजय धितालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

तुलसीपुर– १२ हरिपौरी स्कुल नजिकै भएको उक्त दुर्घटनामा परी गाडीका चालक बिजौरी–४ हेमन्तपुर निवासी २६ वर्षीय यमबहादुर डाँगी र मोटरसाइकलमा सवार घोराही निवासी मनीष लामिछाने घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको हाल राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । (रासस)