
वीरगन्ज, बैशाख २८ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार वैदेशिक र कुटनीतिक मामलामा पूर्णरुपमा असफल भएको आरोप लगाएका छन् ।
संघीय समाजवादी फोरम पर्साले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भारतलगायत विभिन्न मुलकसँगको सम्बन्धलाई सरकारले विवादास्पद अवस्थामा पुर्याएको भन्दै यसले दीर्घकालीन नोक्सानी पुग्ने बताए ।
अध्यक्ष यादवले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन बिथोल्ने चेतावनी दिए । प्रदेशको संरचना विवादास्पद रहेको अवस्थामा स्थानीय चुनाव घोषणा गर्नु संघीयतालाई नै समाप्त पार्ने खेल भएको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्