Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल पोखरामा हुने


0
Shares

काठमाडौं, वैशाख २९ । छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ ।

आउँदो जेठ २३ गतेदेखि हुने प्रतियोगितामा हरेक प्रदेश र हरेक विभागीयबाट समान दुई/दुईओटा गरी महिला र पुरुषमा समान २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले समान ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

यही प्रतियोगितालाई आधार बनाएर आगामी अन्तर्राष्ट्रिय बिच भलिबल प्रतियोगिता र मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय खेलाडी छनोट गरिने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।