
काठमाडौं, वैशाख २८ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले मंगलबार डाकेको केन्द्रीय समितिको बैठक औपचारिकतामा प्रवेश नगरी टुंगिएको छ ।
अध्यक्ष मोहन वैद्य बैठकमा नआउने भएपछि थापा समूहले वैद्यलाई पनि एमाओवादीसँगको एकताका लागि मनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले बताइन् ।
थापा समूहले वैद्यसँग पनि वार्ता गर्ने निर्णय गरेसँगै सो पार्टी तत्कालका लागि फुटबाट जोगिएको छ ।
एमाओवादीसँगको एकता विवादले वैद्य नेतृत्वको माओवादीभित्र चरम मतभेद बढेको छ ।
प्रतिक्रिया दिनुहोस्