१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सत्ता हत्याउने होडबाजीमा लाग्न हुँदैन : नेपाल


0
Shares

सिन्धुली, वैशाख २८ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सबै राजनीतिक दलहरु मिलेर जानुको विकल्प नभएको बताएका छन् ।

मंगलबार सिन्धुलीको भद्रकाली गाविसमा पिपलभन्ज्याङ माध्यामिक विद्यालयको भवन शिलान्यास गर्दै नेपालले ‘आजको आवश्यकता सत्ताभन्दा संविधान कार्यान्यन हो’–भने ।

कसले सत्ता हत्याउने भन्ने होडबाजीमा कोहीपनि लाग्न नहुने उनको सुझाव थियो ।

भूकम्पले भत्किएको सो विद्यालयका लागि फूलकुमारी मेमोरियल ट्रस्टले करिब एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।