
मनाङ, वैशाख २८ । गत वैशाख २१ गते तिसाङ पिक चढेर फर्कनेक्रममा हराएका ५१ वर्षीय रसियन नागरीक सर्गेइको शव फेलापरेको छ ।
सर्गेइको शव सोमबार बिहान ११ बजेतिर ५ हजार ६ सय मिटरमा आङ्छु शेर्पाले भेटेका थिए ।
शेर्पा र जिल्ला प्रहरी कार्यालय मनाङको सहयोगमा शव सिम्रिक एअरबाट पिसाङ गाउँमा ल्याइएको र काठमाडौं पठाउने तयारी भइरहेको मनाङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्