
पाँचथर, वैशाख २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले सरकारको नेतृत्व गर्न खोज्नु स्वभाविक भएको बताएका छन् ।
पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा मंगलबार कार्यकर्तासँग भेटघाट गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गरे दोस्रो ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षमा बस्नुपर्ने बताए ।
वर्तमान सरकारले संविधान कार्यान्वयन, भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउन नसकेकाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने कोइरालाको भनाइ थियो ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्