४ असार २०८२, बुधबार | Thu Jun 19 2025


खोइ १२५ बालबालिका ?


0
Shares

काठमाडौं, वैशाख २९ । रुपन्देहीको मणिग्रामका १४ वर्षीय बालक प्रवीण गैरे गत वैशाख २० मा स्कूल जान भनेर घरबाट निस्किए तर फर्किएनन् । एक साताभन्दा बढी समय बितिसक्दा पनि उनी कहाँ छन्, केही थाहा छैन ।

खोजविनका लागि आफन्तले बुटवल र भैरहवास्थित प्रहरी कार्यालयमा निवेदन दिए पनि कुनै अत्तोपत्तो छैन ।

पढाईमा असफल हुनु र कक्षा दोहोर्‍याउनु पर्दा घर छाडेको हुन सक्ने आफन्तको आशंका छ ।

रुपन्देहीबाट बालबालिका हराउने क्रम बढ्दै गएको छ । आफन्त, संघसंस्था र प्रहरीले खोज्दासमेत बालबालिका कहाँ जान्छन्, अधिकांश पत्ता लाग्न सकेका छैनन् ।

जिल्ला प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र ७५ बालबालिका हराएका छन् । तिनमा ४५ बालिका र ३० बालक छन् ।

बालबालिका हराउने क्रम हरेक बर्ष बढ्दो छ । २०६९/०७० मा ५ बालक र १६ बालिका गरी २१, २०७०/०७१ मा १५ बालिका र २३ बालक गरी ३८ र २०७१/०७२ मा ३६ बालिका र २९ बालक गरी ६५ बालबालिका हराएका छन् ।

यसरी हेर्दा ४ वर्षमा एक सय ९९ बालबालिका जिल्लाबाट हराएको उजुरी परेको छ । हराएकामध्ये ७४ मात्र भेटिएका छन् । बाँकी १२५ को पत्तो छैन । –कान्तिपुर दैनिकबाट