४ असार २०८२, बुधबार | Thu Jun 19 2025


कुटनीतिक समुदायलाई प्रधानमन्त्रीले आज ‘ब्रिफिङ’ गर्ने


0
Shares

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कुटनीतिक समुदायलाई ‘ब्रिफिङ’ गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो अवस्थाबारे नेपालस्थित कुटनीतिक समुदायलाई बोलाएर जानकारी दिन लागेका हुन् ।

सत्ता परिवर्तनमा कुटनीतिक चलखेल भएको बताउँदै आएको सरकारले नेपालको आन्तरिक मामिलामा जानकारी दिने तयारी गरेको हो । सरकारको कदम, स्थानीय निकाय निर्वाचन, बजेट तथा अहिलेको अवस्थाबारे उनीहरुको समेत धारणा लिने उद्देश्यले सरकारले यो कार्यक्रम राखेको बताइएको छ ।