Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


उपत्यकामा ७५ हजार यात्री भित्रिए, ७६ हजार बाहिरिए


0
Shares

काठमाडौं, वैशाख २९ । काठमाडौं उपत्यकामा यतिबेला सडक र सवारी आवागमनको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विभिन्न सडक नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरुको आवगमन पनि सामान्य रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा ७५ हजार यात्रु उपत्यकामा भित्रिएका छन् भने सोही अवधिमा ७६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

यस्तै ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३१ जना सवारी चालकहरुलाई हिजो उपत्यकाको बिभिन्न स्थानबाट कारवाही गरिएको छ ।

यसैगरी हवाई यातायाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानहरु सामान्य रुपले सञ्चालन भइरहेको छ । आजका लागि आन्तरिकतर्फ आगमन र प्रस्थान गरी कुल ८८ वटा उडान तालिका रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ आगमनमा ४० र प्रस्थानमा ४० गरी कुल ८० वटा उडान तालिका रहेको छ ।