४ असार २०८२, बुधबार | Thu Jun 19 2025


बिहानै भूकम्पको धक्का, धादिङ र काठमाडौंबासी तर्सिए


0
Shares

काठमाडौं, बैशाख २९ । धादिङलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

६ दिनअघि पनि धादिङ र गोर्खा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको पराकम्पन गएको थियो ।

गोरखा केन्द्रविन्दु भएर गतवर्ष वैशाख १२ गते गएको ७ दशमलव ८ म्याग्नेच्युटको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युटभन्दा माथिका ५ सय ५३ वटा पराकम्पन गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।