४ असार २०८२, बुधबार | Thu Jun 19 2025


हावाहुरीले टाउकोमा सिमेन्टको स्ल्याब खस्दा बालिकाको मृत्यु


0
Shares

सिरहा, वैशाख २९ । सिरहाको धनगढीमाई नगरपालिका–६ मा हावाहुरीले सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

मंगलबार साँझ चलेको हावाहुरीले ढोकामाथि राखेको सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा चन्द्रअयोध्यापुर गाविस ३ बस्ने राजु यादवकी ७ वर्षिया छोरी लक्ष्मी कुमारी यादवको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

धनगढीमाई नगरपालिका ६ स्थित प्रदिप यादवको घरमा विवाहमा आएकी लक्मीको साँझ साढे पाँच बजेतिर ढोका बन्द गर्नेक्रममा टाउकोमा स्ल्याब खसेको थियो । घाइते बालिकालाई उपचारकालागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

स्ल्याबले लागेर सोही स्थान बस्ने रामकुमार यादवको ४ वर्षीय छोरा आदर्श यादव घाइते भएका छन् । उनको लहानस्थित रामप्रसाद उमादेवी अस्पतालमा उपचार भइरहेको छ ।