Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


मानवअधिकारकर्मीद्वारा बालुवाटार घेराउ


0
Shares

काठमाडौं, वैशाख २९ । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमति खारेज गर्न माग गर्दै मानवअधिकारकर्मीहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् ।

नौ बुँदे सहमति मानवअधिकारको विश्वब्यापी मान्यता विपरित भएको भन्दै उनीहरुले खारेजी गर्न माग गरेका हुन् ।

दण्डहीनता अन्त्य गर्नुपर्ने, अदालतको फैसला सम्मान गर्नुपर्ने, यातना पीडित र घाइते तथा अपांगको निःशुल्क उपचार गर्नुपर्नेलगायतका माग गर्दै अधिकारकर्मीहरुले एक घण्टा धर्ना दिएका हुन् ।

मागको सुनुवाई नगरे कडा आन्दोलनको चेतावनी उनीहरुले दिएका छन् । धर्नामा सहभागीहरुले अदालतबाट दोषी ठहर भइसकेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।