४ असार २०८२, बुधबार | Thu Jun 19 2025


संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै


0
Shares

काठमाडौं, बैशाख २९ । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रममा आज पनि छलफल हुँदैछ ।

नीति तथा कार्यक्रममाथि हिजोबाट सुरु भएको छलफलमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै समर्थन गरेका छन् भने प्रतिपक्षी सांसदहरुले कार्यान्वयन हुनै नसक्ने भन्दै आलोचना गरेका छन् ।

विपक्षी सांसदहरुले सरकारको नीति तथा कार्यक्रम दस्तावेजका रुपमा आएको भन्दै आलोचना गरेका हुन् ।

उनीहरुले हचुवाको भरमा नीति तथा कार्यक्रम ल्याएकाले कार्यान्वयन हुनै नसक्ने जिकीर गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रम गत आइतबार संसद्मा प्रस्तुत गरेको थियो ।

नीति तथा कार्यक्रममाथिको छलफल भोलिसम्म चल्ने र शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।