१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


देश संघीयतामा गइसकेकाले स्थानीय निर्बाचन गर्न मिल्दैन : अध्यक्ष यादव


0
Shares

काठमाडौं, बैशाख २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीयतामा गइसकेकाले केन्द्र सरकारले स्थानीय निकायको निर्वाचन गराउन नमिल्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले प्रादेशिक संरचनामा मुलुकलाई नलगेसम्म स्थानीय निकायको निर्वाचन गर्न नमिल्ने बताए ।

उनले स्थानीय निकायको निर्वाचन प्रादेशिक सरकारको क्षेत्राधिकार भित्र पर्ने भएकाले केन्द्रीय सरकारले क्षेत्र अधिकार तोडेर निर्वाचन गराउन खोजिए संघीयता नै संकटमा पर्ने चेतावनी दिए ।

मधेसी मोर्चाका मागलाई सम्बोधन गर्दै संविधान पुनर्लेखन तथा संघीय संरचनालाई पूर्णता दिएर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।