
ताप्लेजुङ, बैशाख २९ । वर्षासँगै परेको असिनाले ताप्लेजुङमा लाखौं रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।
ताप्लेजुङका सावा र लिवाङ गाविसमा परेको असिना पानीले नगदे तथा अन्न बालीमा क्षति पुर्याएको हो ।
किसानले लगाएको अलैंची, मकै, आलु, जौ र गहुँ नष्ट भएको कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
यस अघि पनि बारम्बार परेको असिना पानीले जिल्लाका अधिकांश किसानले लगाएको बालीमा ठूलो क्षति पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्