४ असार २०८२, बुधबार | Thu Jun 19 2025


अरबको जलवाष्पयुक्त हावाले मौसममा बदली, शुक्रबारदेखि सुधार हुने


0
Shares

काठमाडौं, वैशाख २९ । अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपाल भित्री स्थानीय वायुको सम्मिश्रणका कारण मौसममा परिवर्तन आएको छ ।

उक्त वायुको प्रभावले देशभर बदली हुनुकासाथै अधिकांश भेगमा मेघगर्जनसहित वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलकाअनुसार बदलीसँगै मेघगर्जनसहित वर्षात् हुनेक्रम अझै दुई दिन जारी रहने र शुक्रबारदेखि मौसममाक्रमिक सुधार आउनेछ ।

खासगरी अहिले ‘प्रिमनसुन’ सक्रिय भएकाले पनि देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षात् भएको मौसमविद् कँडेलले बताइन् । मार्च, अप्रिल र मे प्रिमनसुनको अवधि भएपनि ढिलो गरी सक्रिय भएको हो ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी ताप्लेजुङमा २७ र सबैभन्दा कम सिमारा र भैरहवामा १–१ मिलिमिटर वर्षात् भएको छ ।

त्यस्तै, धनगढीमा १८, नेपालगन्जमा १७, ओखलढुंगामा १७ र दाङमा १५ मिलिमिटर वर्षा भएको छ ।

बुधबार सबैभन्दा बढी तापक्रम सिमारामा ३८.८ र भैरहवामा ३८.२, विराटनगरमा ३६.८ र नेपालगन्जमा ३६.८ रहेको छ, भने सबैभन्दा कम जुम्लामा ७ डिग्रिसेल्सियस रहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १६ र अधिकतम् तापक्रम २९.८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

फाइल फोटो