
काठमाडौं, वैशाख २९ । गत वर्षको वैशाख १२ गतेको शक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
बुधबारमात्रै दिउँसोसम्म ४ म्याग्निच्यूडमाथिको दुई कम्पन मापन भएको छ ।
बुधबार दिउँसो २ बजेर ३७ मिनेटमा गोरखाको ताप्लेनजिकै केन्द्रबिन्दू भएर ४.५ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसको धक्का काठमाडौं, चितवन, हेटौंडासम्म महसुस गरिएको जनाइएको छ ।
यसअघि, बुधबारै बिहान ७ बजेर ४ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४.४ म्याग्निच्यूडको पराकम्पन आएको थियो । त्यसको धक्का पनि काठमाडौंसम्म महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्