Logo २९ भाद्र २०८२, आइतबार | Mon Sep 15 2025


बिमल बेल्जियम जाँदै


0
Shares

काठमाडौं, वैशाख २९ । नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपंक्तिका खेलाडी बिमल घर्तीमगर बुधबार बेल्जियम जाँदैछन् ।

भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका बिमल उपचारका लागि बेल्जियम जान लागेका हुन् ।

बेल्जियममा रहँदा बिमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँकाक्रममा छलफल गर्ने उनले राससलाई बताए ।

घुँडाको उपचारका लागि आफू बेल्जियम जान लागेको भन्दै बिमलले २० दिनको युरोप बसाइँकाक्रममा अभ्यासकासाथै आगामी सिजनका लागि त्यहाँको क्लबमा आबद्ध हुने सम्भावनाकाबारेमा आफ्ना एजेन्टको सहयोगमा विभिन्न क्लबसँग छलफल गर्ने बताएका छन् ।

बिमल बुधबार साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । रासस

फाइल फोटो