१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


शिक्षक सेवा आयोगले नै नयाँ शिक्षक भर्ना गर्ने : मन्त्री पोखरेल


0
Shares

झापा, वैशाख २९ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएपनि शिक्षक सेवा आयोगले नै नयाँ शिक्षक भर्ना गर्ने बताएका छन् ।

आइतबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले गुणात्मक शिक्षाका लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको जानकारी दिए ।

मन्त्री पोखरेलले नयाँ शिक्षक भर्नाका लागि आयोगले विज्ञापन गर्ने बताए ।

कतिपय स्थानीय तहले आफैं नयाँ शिक्षक नियुक्ति र सरुवा गरिरहेको सन्दर्भमा उनले शिक्षक सेवा आयोगको बाटोबाहेक अन्य तरिकाबाट शिक्षक नियुक्ति गर्दा व्यवस्थापन असहज हुने तर्क गरे ।