१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


‘फास्ट ट्रयाक’बारेको समाचारमा देउवाको ध्यानाकषर्ण


0
Shares

nepali congress president sher bahadur deuba government demand

काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौ–निजगढ द्रुतमार्गबारेमा मंगलबार संसदमा दिएको प्रतिक्रियाबारे सन्चारमाध्याममा आएका समाचारप्रति आफनो ध्यानाकषर्ण भएको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले पूर्ववर्ती सरकारले बुट ऐनअन्तर्गत् अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट गरी परियोजनाको सम्झौता प्रक्रिया अगाडि बढाइ सम्बन्धित पक्षलाई दिने÷नदिने कुराको टुंगो लगाउन बाँकी रहेको र यसै सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन अवस्थामा रहेको कुरालाई ध्यान राख्नुपर्ने आफ्नो भनाइ रहेको स्पस्ट पारेका छन् ।

उनले लगानीकर्तामा पनि नकारात्मक सन्देश जान हुँदैन भन्ने आफ्नो चिन्ता रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । रासस
फाइल फोटो