४ असार २०८२, बुधबार | Thu Jun 19 2025


छाउनीमा बनाइयो ‘वीर स्मारक’


0
Shares

काठमाडौं, वैशाख २९ । २०७२ सालको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका अमेरिकी र नेपाली सेना तथा गैह्रसैनिक नेपाली नागरिकहरुको सम्झनामा काठमाडौंको छाउनी हाताभित्र वीर स्मारक निर्माण गरिएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्री र अमेरिकी नेभीका सचिव रे माबुसले बुधबार संयुक्तरुपमा सो स्मारकको अनावरण गरे ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले यस प्रकारका स्मारकले दुई राष्ट्रबीचको सम्बन्ध थप बलियो हुने बताए ।

माबुस नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बुधबारै काठमाडौं आइपुगेका हुन् ।