१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सुनको भाउ तीन सयले बढ्यो


0
Shares

काठमाडौं, वैशाख २९ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा सुनको भाउमा बृद्धि आयो । यसदिन सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो ।

यसदिन सुन प्रति १० ग्राम ४८ हजार १ सय ८५ अर्थात् तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ७७ डलर हाराहारीमा कारोबार भएको थियो ।