
काठमाडौं, वैशाख २९ । कोरियाको साङयोङ मोटर्सको नेपालको आधिकारिक विक्रेता आइएमएस ग्रुप बनेको छ ।
बुधबार राजधानीमा एक कार्यक्रम गरी आइएमएस मोटर्सको उद्घाटनसँगै कोरियन लक्जरी ब्रान्ड साङयोङ गाडीका नयाँ मोडल पनि सार्वजनिक गरिएको छ ।
कम्पनीले नेपालमा साङयोङको टिभोली, कोरान्डो, रेक्सन जस्ता लक्जरी कार तथा एसयुभी गाडी बिक्री गर्दै आएको छ ।
कम्पनीले साङयोङको गाडी खरिद गर्ने पहिलो १४ जना ग्राहकले कुपन स्क्र्याचमार्फत् बजाज पल्सर मोटरसाइकल, सामसुङ मोबाइल, सामसुङ टीभी तथा वासिङ मेसिनलगायत उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्