१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


‘फास्ट ट्रयाक’ आफ्नै स्रोत–साधनमा बनाएर देखाउन सरकारलाई महतको चुनौती


0
Shares

काठमाडौं, वैशाख २९ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले देशमा अहिले नीति एवं कार्यक्रमको अभाव नभइ कार्यक्षमताको आभाव रहेको बताएका छन् ।

बुधबार काठमाडौंको गोंगबुस्थित बिजी मलको उद्घाटन गर्दै महतले सरकारको नीति तथा कार्यक्रमप्रति आफ्नो कुनै आपत्ति नरहेको तर भाषणमात्र नगरेर सरकारले काम पनि गरेर देखाउनुपर्ने बताए ।

महतले राष्ट्रिय गौरवको आयोजना ‘फास्ट ट्रयाक’ आफ्नै लगानीमा बनाउनु उपयुक्त भएको तर सरकारले पाँच वर्षमा काम गरेर देखाउनुपर्ने बताए ।

उनले आफ्नै स्रोत–साधनमा द्रुतमार्ग बनाएर देखाउन सरकारलाई चुनौती पनि दिए ।

उनले एकातिर विदेशी लगानी आह्वान गर्ने तर अर्कोतिर विदेशी लगानी आउँदा त्यसलाई रोक्न खोज्ने भन्दै त्यसको आलोचना पनि गरे ।

विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति सरकारको नभए पूर्णरुपमै विदेशी लगानी रोक्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले खुला अर्थ व्यवस्थाकै कारण निजी क्षेत्रको लगानी आएको र त्यसले अर्थतन्त्र फस्टाएको बताए ।

बिजी मलका निर्देशक राजु गिरीले मलमा विद्युतीयदेखि लत्ता कपडालगायतका गुणस्तरीय सामाग्री उपलब्ध रहेको बताए ।

उद्घाटनको अवसरमा मलले ग्राहकहरुलाई २० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरेको जनाएको छ ।