४ असार २०८२, बुधबार | Thu Jun 19 2025


साताको तीन दिन नारायणहिटी पुग्नछन् पारस


0
Shares

काठमाडौं, वैशाख ३० । पारिवारिक कलहले लामो समयसम्म छुट्टिएर बसेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह गत चैत २० गते एउटा विवाह भोजमा सँगै देखिएका थिए । स–परिवार भोजमा देखिएका उनीहरू एकै ठाउँमा बसोबास भने हुन सकेको छैन ।

पारसकी फुपु शोभा शाहीको छोराको विवाह समारोहमा बाबु ज्ञानेन्द्र, मुमा कोमल, पत्नी हिमानी र छोराछोरीसँगैको फोटो सार्वजनिक गरिएको थियो ।

त्यसैगरी नयाँ वर्ष २०७३ को शुभकामना दिने क्रममा पारससहित सबै परिवारको फोटोसहित कार्ड बाँडिएको थियो । तर करिब १३ महिनाअघि थाइल्याण्डबाट नेपाल फर्किएका पारस र हिमानीबीच अहिलेसम्म सँगै बसोबास नहुनुलाई सबैले अचम्म मान्न थालेका छन् ।

पूर्वयुवराज अहिले सुनाकोठीस्थित आलिसान महलमा बसोबास गर्न थालेका छन् । फुपु शोभा शाहीका छोरा अवकास प्राप्त प्रमुख सेनानी विकास शाहीको घरमा धीरेन्द्रकी माहिली पुत्री शिताष्मासँगै बस्न थालेका छन् ।

पत्नी हिमानीसँग नबसेर बहिनी शिताष्मासँगै बसेका पारस अहिले अधिकांश समय खेल्न र पढ्नमा व्यस्त छन् ।

‘उनी आइतबार, मंगलबार र बुधबार नारायणहिटिस्थित रत्नमञ्जिलमा बस्दै आएकी हजुरआमा रत्नलाई भेट्न आउने गरेका छन्,’ परिवारका एक सदस्यले भने ।

यही वैशाख २४ गते आमाको मुख हेर्ने दिन पारसलाई भेट्न बाबु ज्ञानेन्द्र, आमा कोमल, छोरीहरू पूर्णिका र कीर्तिका तथा छोरा हृदयेन्द्र सुनाकोठी पुगेका थिए । –नेपाल समाचारपत्रबाट