
काठमाडौं, बैशाख ३० । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पुनर्निर्माण, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।
व्यवस्थापिका संसद्को अर्थ समितिको आज बसेको बैठकमा सांसदहरुले कार्यान्वयन हुने क्षेत्रमा मात्र बजेट विनियोजन गर्नसमेत सरकारलाई सुझाव दिएका हुन् ।
पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले समयमै सम्पन्न हुने आयोजनालाई पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने बताए । उनले कृषिमा जाने अनुदान बढाउन सरकारलाई सुझाव दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर युवराज खतिवडाले सांसदहरुले दिएका सुझावलाई बजेटमा समावेश गर्नुपर्ने भन्दै पुनर्निर्माण र कृषि क्षेत्रलाई बजेटले प्राथमिकता दिने विश्वास व्यक्त गरे । उनले निर्माण क्षेत्रलाई पनि व्यवस्थित गर्ने सोच बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्