५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


शिक्षालाई व्यवहारिक बनाउन सरकारको पूर्णसहयोग : प्रधानमन्त्री


0
Shares

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र शिक्षण विधिलाई प्रयोगात्मक र व्यवहारिक बनाउनुपर्ने बताएका छन् ।

विहीबार राजधानीमा उच्च माध्यामिक विद्यालय संघ (हिसान)को सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षालाई व्यवहारिक बनाउन सरकारले पूर्णसहयोग गर्ने बताए ।

‘गुणस्तरीय शिक्षा हिसानको अभियान, निजी शिक्षालयको गौरवशाली योगदान’ भन्ने नारासहित उच्च माध्यामिक विद्यालयहरुको छाता संगठन (हिसान)को सातौ महाधिवेशन आयोजना गरिएको हो ।