
अपडेटः
काठमाडौं, वैशाख ३० । सरकारले अबदेखि मिर्गौला रोगीको निःशुल्क डायलसिस गरिदिने भएको छ ।
मन्त्रिपरिषदको बैठकले मिर्गौला रोगीको निःशुल्क डायलसिस उपचार गर्ने निर्णय गरेको हो ।
विहीबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सूचना तथा सुरक्षा परिषद गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बेरुजु फछ्र्यौट मूल्यांनकन समितिमा कृृष्णनाथ खनाललाई नियुक्त गरिएको जानकारी दिए ।
यसैगरी, प्रधानमन्त्रीको भारत र चीन भ्रमणक्रममा भएका सम्झौता कार्यान्वयनका लागि परराष्ट्रसचिवको संयोजकतत्वमा समिति गठन गर्नुका साथै बैठकले राष्ट्रिय सुरक्षा नीति पनि पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्