२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ल्हारक्याल लामाविरुद्ध अख्तियारद्धारा साढे ९ करोडको भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं, वैशाख ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत माओवादीका निलम्बित सांसद ल्हारक्याल लामाविरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

साढे ९ करोड बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले विहीबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यसअघि, बैंक लकरमा १४ थान गोली भेटिएपछि प्रहरीले लामालाई पक्राउ गरी छानबिन थालेको थियो ।

छानबिनकैक्रममा साढे ९ करोडको सम्पत्तिको स्रोत नखुलेकाले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।

फाइल फोटो