रौतहट, वैशाख ३० । रौतहट जिल्ला अस्पताल प्रमुखविहीन हुँदा अस्पतालको सेवा प्रभावित बनेको छ ।
सामन्यतया सरुवा भएपछि कर्मचारी दुई वर्ष कार्यरत् रहनुपर्ने नियम भएपनि चालुु आर्थिक वर्षमामात्रै जिल्ला स्वास्थ्य कार्यालय गौरमा चारजना प्रमुख फेरिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय गौरका प्रमुख राजकिशोर पंडितको काजसरुवा भएपछि अस्पतालको सेवा नै प्रभावित हुने अवस्था बनेको हो ।
प्रमुख नहुँदा ‘एनएसआई प्रोग्राम’अन्तर्गत् अस्पताल सुधारका लागि विनियोजित ४४ लाख रकम ‘फ्रिज’ हुने अवस्थामा पुगेको छ ।
कार्यालय प्रमुखको नहुँदा महिला एवं नवजात शिशुहरुले पाउने न्यानो झोला वितरणलगायतका कार्यक्रम प्रभावित बनेका छन् ।




प्रतिक्रिया दिनुहोस्