
पाँचथर, वैशाख ३० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं–निजगढ ‘फास्ट ट्रयाक’ स्वदेशी लगानीमै बनाउने सरकारको कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।
विहीबार पाँचथरको फिदिममा नेपाल शिक्षक संघ पाँचथरको २७औं स्थापना दिवसको अवसरमा बोल्दै उनले फास्ट ट्रयाक आफैंले बनाउने निर्णयप्रति आपत्ति जनाएका हुन् ।
सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा किनारा नलागी राज्यले आफैं बनाउने भन्नु गलत भएको उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस्