Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


मलामी गएका किशोर नदीमा बेपत्ता, बाबु अचेत


0
Shares

मुगु, वैशाख ३० । आफन्तको मृत्युपछि दाहसंस्कारका लागि मलामी गएका एक किशोर नुहाउनेक्रममा नदीमा बेपत्ता भएका छन् ।

कार्कीवाडा–३ रावलवाडा घर भएका १५ वर्षीय किशोर गोर्खराज रावल आफन्तको मलामी गएका बेला नुहाउनेक्रममा मुगु, कर्णालीमा विहीबार बेपत्ता भएको उनका काका टोपबहादुर रावलले जानकारी गराए ।

बेपत्ता रावलको खोजीका लागि प्रहरीलाई खबर गर्न सदरमुकाम गमगढी आएका थिए ।

एकमात्र छोरा बेपत्ता भएपछि सँगै मलामी गएका बाबु रन्दीप रावल अचेत अवस्थामा छन् ।

उनलाई मलामी गएका अन्य आफन्तले बोकेर जिल्ला अस्पताल मुगुमा पुर्‍याएका छन् ।

आफन्त र प्रहरीले खोजी गरेपनि बेपत्ता किशोर फेलापरेका छैनन् । रासस