Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी


0
Shares

काठमाडौं, वैशाख ३१ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम आज संसद्बाट पास गराउने तयारी गरेको छ ।

गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी संसद् सचिवालयले गरेको हो ।

नीति तथा कार्यक्रममाथि हिजोसम्म छलफल सक्ने तयारी गरेको भए पनि अझै केही सांसदले बोल्न नाम टिपाएका छन् । ती सांसदले बोलिसकेपछि प्रधानमन्त्री ओलीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने तयारी संसद् सचिवालयको छ ।

सरकारको नीति तथा कार्यक्रम पारित भएपछि आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याइने छ ।

यसअघि नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको बचाउ र विपक्षीले विरोध गरेका छन् ।

सत्तारुढ दलका सांसदले समयानुकुल भन्दै प्रशंसा गरेका छन् भने विपक्षी दलका सांसदले तथ्य नजिक नरहेको भन्दै आलोचना गरेका छन् ।