५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


दक्षिण कोरियामा नेपाली युवक सुतेकै अवस्थामा मृत फेला


0
Shares

पाँचथर, वैशाख ३१ । पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिए ।

उनका अनुसार राती १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेकै ठाउँमा उनको मृत्यु भइसकेको पाइएको सँगै सुतेका साथी प्रकाश खनालले बताए ।

खनालले सोमबार राईमा रुखाखोकीको लक्षण देखिएको थियो । घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उनले बताए ।

अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए । (रासस)