
काठमाडौं, वैशाख ३१ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीसँग कुनै हालतमा एकता नगर्ने प्रस्ट गरेका छन् ।
एकताका लागि निर्णय गर्न भनेर शनिबार (भोलि)का लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि उनले स्थगित गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र रामबहादुर थापाले एकताका लागि वैद्यको निर्णय कुरिरहेको बताइएकै बेला वैद्यको यो भनाइ आएको हो ।
वैद्यले केन्द्रीय सदस्यहरुलाई पठाएको पत्रमा थापाले एमाओवादीसँग गरेको १२ बुँदे सहमतिप्रति आपत्ति जनाएका छन् ।
उनले पत्रमा आफूहरु कुनै हालतमा एमाओवादीसँग एकताको पक्षमा नरहेको प्रष्ट्याएका छन् ।
अध्यक्ष वैद्यले बैठक स्थगित गरेपनि थापा समूह भने बैठक गरेरै भएपनि एकता प्रक्रिया टुंग्याउने पक्षमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्