
विराटनगर, वैशाख ३१ । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्न नयाँ राजनीतिक समिति बनाउन सरकार तयार रहेको बताएका छन् ।
शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसँग थापाले मधेसी मोर्चा वार्ताका लागि सहमतिमा आउने भए आफू समितिको संयोजक छाड्न तयार रहेको पनि बताए ।
उनले सीमांकनसम्बन्धी विवादलाई राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याउन सरकार तयार रहेपनि मधेसी मोर्चाका कारण समितिलाई पूर्णता दिन नस्कदा वार्ता प्रक्रियामा ढिलाइ भइरहेको जानकारी दिए ।
स्थानीय निकाय निर्वाचनको विरोध गर्नु उपयुक्त नहुने भन्दै उनले निर्वाचनबारे राजनीतिक दलहरुसँग छलफल गर्न भने सरकार तयार रहेको जानकारी दिए ।
सरकार परिवर्तन बेमौसमको हल्लामात्र भएको भन्दै उनले आगामी संसदको निर्वाचन पनि यही सरकारले नै गराउने प्रस्ट गरे ।
प्रतिक्रिया दिनुहोस्